कञ्चनपुर, ३१ जेठ । कञ्चनपुरमा एक पुरुषले श्रीमती परपुरुषसँग नजिकिएको थाहा पाएपछि हत्या गरिदिएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै श्रीमतीको हत्या गर्ने कृष्णपुर नगरपालिका–४ बस्ने ३२ बर्षीय केशव बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
बोहराले जेठ २४ गते २६ बर्षीया श्रीमती मैया देबी बोहरासंग झै–झैगडा हुँदा कुटपिट गरी मारेर शवलाई घरको गाई गोठभित्र खाल्डो खनेर गाडेका थिए ।
मैया देवी बोहराको अवस्था बारेमा कोही कसैलाई जानकारी नभएकोले जेठ २५ गते बोहराको भाई डडेलधुरा परशुराम नगरपालिका–३ बस्ने राम सिंह बोहराले खोजतलासको लागि हुलिया सहितको निबेदन इलाका प्रहरी कार्यालय गुलरियामा दिएका थिए ।
प्रहरीले अनुसन्धानको लागि बोहरालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा आफूले कर्तब्य गरी मारी घरको गाई गोठ भित्र खाल्डो खनि गाडेको बयान दिएका थिए ।
मृतक बोहरा र डडेल्धुरा परशुराम नगरपालिका–४ बस्ने ५० बर्षीय हरि सिंह धामी बीचको उठबसका कारण श्रीमान श्रीमतीबीच बिबाद भएको भन्ने बुझिएकोले प्रहरीले धामीलाई समेत अनुसन्धानको लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...