एजेन्सी । अमेरिकाको फ्लोरिडामा एक महिलाले प्रहरी इमर्जेन्सी नम्बरमा फोन गरेर ‘सेक्स’को सहयोग मागेकी छिन् ।मारिया मोन्टेन नामकी महिलाले ९११ मा फोन गरेर प्रहरीसामु ‘सेक्स’को सहयोग मागेकी थिइन् ।
प्रहरी पुग्दा उनी मदिराले लठ्ठ भएकी थिइन् । प्रहरीलाई देख्नासाथ उनले भनिन– अहो, तिमी त कति सेक्सी र ह्याण्डसम, बिहे भएको छ कि छैन ।
जव प्रहरीले के सहयोग गर्न सक्छु भनेर सोधे, उनले आफूले लामो समयदेखि यौन प्यास मेटन नपाएको भन्दै निकै आतुर रहेको बताइन् । जब प्रहरीले यसमा सहयोग गर्न असमर्थ रहेको बतायो तव उनले आफ्नो कारको स्वामित्व बिबाद मिलाइदिन आग्रह गरिन् ।
श्रीमान मरेपछि कारको स्वामित्व झडकेलो छोरालाइ दिन खोजेको भन्दै उनले घटनाक्रा सुनाउँदा उनले प्रहरीको पाखुरा समातेर पटकपटक आफ्नो छातीमा दल्ने कोसिस गरेको प्रहरीले जनाए ।
५८ बर्षे यी महिलाको फोहोरी ब्यवहारपछि प्रहरीले इमर्जेन्सी नम्बर दुरुपयोग नगर्न सम्झाउँदै फर्किए ।
तर, मोन्टेनले फेरि ९११ मा फोन गरेर आफूले सेक्स गर्न भनेको तर, प्रहरी जवान फर्किएको भन्दै आक्रोस पोखिन् । हद भएपछि प्रहरीले इमर्जेन्सी सेवा दुरुपयोग गरेको आरोपमा उनलाई पक्राउ गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...