पाँचथर / जिल्ला प्रहरी कार्यलय पाँचथरले चालु आर्थिक बर्षमा ६५ जना महिला तथा बालबालीका सम्पर्क्विहीन भएको जनाएको छ । जसमध्ये २९ जना महिला, ४ जना वालिका र १ जना बालक गरी ३४ जना फेला परेको प्रहरीको तथ्याङकमा छ । वाँकी ३० जना अझै सम्पर्कमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ ।
यसरी सम्पर्क विहीन हुनुमा विवाह पछि श्रीमान रोजगारीका लागि विदेशीनु, शिक्षामा कमी, वालवालिकाले आफन्तको संरक्षण नपाउनु जस्ता कारण रहेको अनुसन्धानले देखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कृण प्रसाद कोइरालाले जानकारी दिनुभयो ।त्यस्तै कार्यलयको तथ्याङक अनुसार जिल्लाका २७ वटा घरेलु हिंसामा का मुद्धा दर्ता भएका छन् । यो तथ्याङक गत आर्थिक बर्षको भन्दा २१ वटाले कमी हो ।
जसमध्ये ४१ वटा मुद्धामा मिलापत्र भएको छ । ७ वटा मुद्धाका भने उजुरी दिने ब्याक्तिनै सम्पर्कमा नआएको प्रहरी कार्यलयले जनाएको छ । समाजमा हुने विभिन्न हिंसा र घटना कम गर्न कार्यलयले घदैलो कार्यक्रमलाई जारी राखेकोले घरेलु हिंसामा न्युनिकरण आएको प्रहरीको दावी छ ।
source : purbeli news


0 comments
प्रतिक्रिया दिनुहोस्...