-->
डिउकाे बाेतलमा भेटियाे अखाद्य बस्तु लेदाे

/धरान– माउन्टेन डिउको २ सय ५० एमएलको बोतलमा अखाद्य बस्तु फेला परेको छ । प्लाष्टिकजस्तो देखिने बस्तु उपभोक्ता संजय लिम्बूले पिउने क्रममा भेटिएको हो । अत्यन्तै गर्मीको समयमा चिसो पिउने क्रममा धरान–१० कुमार गुरुङ किराना पसलबाट डिउ खरिद गरी पिउने क्रममा लिम्बूले च्याउ जस्तो आकारको लेदो भेटेका हुन । उनले खोल्ने क्रममा समेत ग्यास नआएको र पिउने क्रममा भित्र लेदो देखिएपछि आफूले पसलेलाई जानकारी गराएको बताए ।
गुरुङ किराना पसलकी सञ्चालिका टीका गुरुङले जेठ १६ गते मात्रै आफ्नो पसलमा ती डिउहरु धरान १२ चतरालाइनमा रहेको डिलर मार्फत मगाएको बताउनुभयो । उहाले अहिलेसम्म यस्तो प्रकारको डिउ नभेटिएको तर यो पहिलो पटक भेटिएको बताउनुभयो ।सो माउन्टेन डिउको बोतलमा उत्पादक बरुण बेबरेज प्रालि कोटेश्वर काठमाडौं उल्लेख गरिएको छ ।
उक्त लेदाे बरामद भएकाे बाेतल हाल अनुशन्धानकाे लागि इलाका प्रहरी कार्यालय धरान लगिएकाे छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.