काठमाण्डु, २६ जेठ– नेत्रविक्रम चन्द विप्लव माओवादीले २७ गते बिहीबार नेपाल बन्दको आह्वान गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा गर्न माग गर्दै विप्लव माओवादीको आह्वान गरेको नयाँ बन्द फिर्ता नहुने जनाएको छ ।
सरकारले आफ्नो माग बमोजिम झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई रिहा नगरेकाले बन्द फिर्ता नहुने विप्लव माओवादीले जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...