-->
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडान ठप्प, चीनबाट आएको विमान फर्कियो

काठमाडौं, १७ असार । लगातारको वर्षाले मौसम खराब भएपछि त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ ।
राजधानीमा विहानैदेखि वर्षा भइरहेको छ । लगातारको वर्षाले विमानस्थलमा भिजिलिटी कम भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।
विमानस्थलको भिजिलिटी कम हुँदा एअर अरेवियाको विमान अवतरण गराउन नसकेर भारतको लखनउ पठाइएको छ । यसैगरी चीनको ग्वान्जाओबाट आएको एअर चाइनको विमानलाई तिब्बतको ल्हासा पठाइएको छ ।
आन्तरिक उडानभने सूचारु नै रहेको प्राधिकरणले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.