काठमाडौं, २४ वैशाख । नरेन्द्र मोदी नेतृत्वको सरकारको विरोधमा उत्रिएका भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका शीर्ष नेताहरु पक्राउ परेका छन् ।
कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, उपाध्यक्ष राहुल गान्धी र पूर्व प्रधानमन्त्री मनमोहन सिंह लगायत थुप्रै नेतालाई भारतीय प्रहरीले गिरफ्तार गरी केही मिनेटमै छाडेको
भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको राजनीति, अध्ययन संस्थान र अन्य सामाजिक क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा) गठबन्धनले अनावश्यक हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा कंग्रेसले निकालेको र्याली तथा जुलुसबाट उनीहरुलाई प्रहरीले पक्रेको समाचारमा उल्लेख छ ।
‘लोकतन्त्र बचाउँ’ भन्ने नारासहित दिल्लीको जन्तरमन्तरबाट निकालिएको र्याली संसद भवनतर्फ अगाडि बढ्दा प्रहरीले रोक्न खोजेपछि झडप समेत भएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...