-->
प्रचण्डसँग मिसिने कि नमिसिने भन्ने ‘फिक्स’ गरे बादलले

काठमाण्डु, २७ वैशाख– परि थापाका ३२ भाइले साथ दिँदा पनि अल्पमतमा परेका मोहन वैद्य किरण यतिबेला आफ्नो राजनीति जोगाउन नसक्ने अवस्थामा पुगेको थाहा भएको छ ।
स्रोतका अनुसार ‘एकता गर्नुपर्छ र पर्दैन’ भन्ने दबाब खेप्न नसकेपछि उनी अहिले राजनीतिबाट सन्यास लिन्छु भन्न थालेका छन् । एमाओवादीसँग एकता गर्नु हुँदैन भन्दै किरणलाई सबैभन्दा बदबा सिपी गजुरेल, रामसिहं श्रीसले त दिएकै छन्, पार्टी बाहिरका नेता विप्लवले पनि फकाइरहेको बताइन्छ । ‘जानेलाई जान दिनोस्, दाई हामी मिलेर पार्टी बनाऔला भनेर मैले भनेको छु, दाई पनि सकारात्मक नै छन्’ विप्लवको भनाई उदृत गर्दै उनी निकट स्रोतले भन्यो ।
बाबुराम भट्टराईले पनि किरण र प्रचण्डबीच एकता हुनै नसक्ने भन्दै आफ्ना निकटसँग ढुक्कसँग भन्ने गरेका छन् । उनको र किरणको बीचमा सहमति भएर हो यो राजनीति विश्लेषण गरेर त्यो भने भन्न सकिएको छैन ।
प्रचण्डको पार्टीबाट अलग हुने बित्तिकै बाबुराम किरणलाई भेटन गएका थिए। किरणकै नेतृत्वमा रहेको धोबीबाट मोर्चाले बाबुरामलाई प्रधानमन्त्री बनाएको थियो ।
साँघु साप्ताहिकबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.