-->
मोडलिङमा सफलता हात पार्दै शोभा

काठमाडौं गोंगबुकी शोभा भण्डारी मोडलिङ क्षेत्रमा प्रबेश गरेको डेढ वर्ष मात्र भयो । तर हिजोआज उनलाई भ्याईनभ्याई छ । कहिले चर्चित हाँस्य टेलिश्रृखला हर्के हवल्दारको सुटिङ त कहिले म्युजिक भिडियोको सुटिङ र महोत्सवमा आफ्नो प्रस्तुती दिनमै उनको दिन बित्छ । डेढ वर्ष अघि मात्रै नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गरेकी उनी छोटो समयमै सफलता हात पार्न सफल भएपछि निकै प्रफुल्लित भएकी छिन् ।
भन्छिन् – मोडलिङमा संघर्ष गर्न सकियो भने एकदिन अवश्यै सफलता हात पार्न सकिने रहेछ । एक दर्जन बढी सट मूभि, डेढ दर्जन बढी नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल भण्डारीले भर्खरै मात्र तिम्री छोरी तरुनी मलाई के को दोष र भाईटिका नामक ठुलो पर्दाको नेपाली चलचित्रमा समेत अभिनय गरेकी छन् ।
यसका अलवा उनले देशका थुप्र स्थानमा स्टेज समेत तताईसकेकी छन् । पूर्वी मोरङदेखी पश्चिम महेन्द्रनगरसम्मकै महोत्सवहरुमा उनले आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । मोरङ, सुनसरी, तेह्रथुम, नुवाकोट, सल्यान लगायत देशका थुप्रै जिल्लामा आयोजित महोत्वमा उनले आफ्नो प्रस्तुती देखाईसकेकी छन् । धेरै संघर्ष पछि यो स्थानमा आएको बताउने शोभा भविष्यमा पनि मोडलिङलाई नै आफ्नो करियर बनाउने बताउँछिन् ।
सानैदेखि मोडल बन्ने लक्ष्यका साथ यस क्षेत्रमा होमिएकी उनी साथीभाइ र परिवारको प्रेरणाले झनै उत्साहित छन् । अहिलेसम्म कसैको पनि माया प्रेममा नफसेको बताउने उनलाई प्रेम प्रस्तावको भने ओइरो लाग्ने गरेको बताउँछिन् । उनी भन्छिन् – अहिले करियर बनाउन मै ब्यस्त छु , प्रेमतिर त ध्यानै गएको छैन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.