सन्तान नजिन्मिएको भन्दै बुहारीको हत्या गर्ने सप्तरी बरही वीरपुर १ का ५४ वर्षीय वीरेन्द्र यादवलाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ ।
३ वर्षसम्म पनि सन्तान नजन्मिएको भन्दै घरपरिपारका सदस्यले २१ वर्षीया रम्भादेवी यादवको २०६९ असार ४ गते हत्या गरेर परिवारका सदस्य फरार भएका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
मृतकका पिता बोरिया गाविस ८ का श्यामसुन्दर यादवले मृतकका ससुरा वीरेन्द्रसहित पति सन्तोष, सासु अरुहुलियादेवी तथा नन्दहरु रन्जुदेवी र मन्जुदेवीविरुद्ध कर्तब्य ज्यान मुद्दा दार्ता गरेका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...