लमजुङ, ६ जेठ । लजमुङमा विहीबार अपराह्न बस दुर्घटना भएको छ ।
दुर्घटनामा परी ८ जनाको मृत्यु भएको प्रारम्भिक सूचना जिल्ला प्रहरी कार्यालय लमजुङको सञ्चार शाखाले दैनिक नेपाललाई जानकारी दिएको छ ।
घटनास्थल मध्य नेपाल नगरपालिका वडा नम्बर पाँचको तामाखानी भन्ने ठाउँमा भएको र त्यहाँ प्रहरी पुगिसकेको लमजुङ प्रहरीले जनाएको छ ।
बस चितवनको नारायणघाटबाट लम्जुङको दीपाकोट जाँदै थियो ।
विस्तृत विवरण आउन बाँकी छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...