एजेन्सी– सत्तारुढ भारतीय जनता पार्टीका सांसद निशिकान्त दुवेले नेपालले चीनको आडमा भारतलाई धम्क्याएको आरोप लगाएका छन् । उनले भने, ‘नेपाल आफैमा कमजोर छ तर, चीनको समर्थनमा उसले भारतलाई धम्क्याएको छ ।’
भारतको तल्लो सदनमा बुधबार शुन्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । साथै दुवेले पाकिस्तान र बंगलादेशजस्तै नेपाल–भारत सीमामा पनि मजबुत तारबार लगाउनुपर्ने धारणासमेत राखेका छन् ।
दुई देशबीचको खुल्ला सीमानाका कारण नेपालमा भारतविरुद्ध गतिबिधि हुने भन्दै उनले त्यसका लागि सीमा नाकामा काँडेतार लगाउन माग गरेका हुन् ।
उनले भारतीय राजदूतलाई फिर्ता पठाउन षड्यन्त्र भइरहेको समेत बताएका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...