म्यासेन्जर निकै लोकप्रिय म्यासेजिङ एप मानिन्छ। म्यासेन्जरमा केही यस्ता फिचर पनि छन् जसका बारेका धेरै प्रयोगकर्तालाई जानकारी नहुन सक्छ।
जानौं म्यासेन्जरका रोचक फिचरका बारेमाः
फेसबुक एकाउन्ट नभएपनि म्यासेन्जर एकाउन्ट बनाउन सकिन्छ। यसका लागि म्यासेन्जर एप वा म्यासेन्जर डट कममा गएर एकाउन्ट बनाउन सकिनछ। एकाउन्टका लागि फोन नम्बरको जरुरत पर्छ।
एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ता म्यासेन्जरमा एक भन्दा बढी एकाउन्ट प्रयोग गर्न सक्छन्।
म्यासेन्जरमा च्याटिङका साथै भ्वाइस कल, भिडियो कल र ग्रुप कल गर्न सकिन्छ।
भ्वाइस रेकर्ड गरेर म्यासेजमा पठाउन मिल्ने सुविधा उपलब्ध छ।
यसमा व्यक्ति अनुसार च्याटको रङ र नाम परिवर्तन गर्न सकिन्छ।
कुनै व्यक्तिको च्याट साउण्ड बन्द गर्ने विकल्प म्यासेन्जरमा उपलब्ध छ।
आफ्नो लोकेशन च्याट गरिरहेकाे साथीलाई पठाउन सकिन्छ।
म्यासेन्जरमा आफ्नो युजरनेम (Username) पनि बनाउन सकिन्छ। यसको लागि म्यासेन्जर एपको ‘मि’ सेक्सनमा गएर युजरनेम परिवर्तन गर्न सकिन्छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...