काठमाडौं, २७ वैशाख - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाओवादीका महासचिव कृष्णबहादुर महराबीच नयाँ दिल्लीमा बनेको सहमति तोडिएपछि एमाओवादीमा ठूलै तरंग पैदा भएको छ।
चिनियाँ पक्षधर नेताका रुपमा स्थापित महरा एकाएक नयाँदिल्ली निकट बनेपछि एमाओवादीभित्रको शक्ति सन्तुलनमा समेत फेरबदल आएको छ । जसले गर्दा एमाओवादी अध्यक्ष प्रचण्ड अप्ठ्यारो अवस्थामा पुगेको कुरा एमाओवादीनिकट स्रोतले बताएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक आडमा अकुत सम्पत्ति कमाएका महरालाई छानबिनको दायरामा ल्याएपछि उनी अत्तालिए । अख्तियार प्रमुख लोकमानलाई भारतको इशारामा चलेको महरालाई गहिरो छाप परेको छ ।
उनीमाथि भएको अख्तियारको छानबिनमा प्रचण्डले अपेक्षाकृत छलफल नगरेको उनलाई लाग्यो । एकपटक वाइसियललाई लोकमान सिंह कार्कीविरुद्ध जुलुस निकाल्न लगाए पनि वाइसियलका नेता कार्यकर्ता निरन्तर जुलुसमा लाग्न मानेनन् । स्रोतद भन्छ, महराले अकुत सम्पत्ति कमाएको एमाओवादी पार्टीका सबैजसो नेतालाई लागेको छ । एमाओवादी अध्यक्ष प्रचण्डको आड र विवादास्पद व्यवसायी अजय सुमार्गी जस्तासँगको संलग्नताले सन्तुलित नेता महरालाई नेताभन्दा पनि चलाख व्यवसायीका रुपमा एमाओवादीमा लिइने गरिन्छ ।
पार्टीभित्रबाट नै खासै संरक्षण नपाएपछि छट्पटिएका, चीनको निकट रहेर काम गर्दै आइरहेका महराले भारतीय पक्षमा लागेमा सफाई पाइन लागेको छ र उनी भारतको पक्षमा लागेका छन् । र, देउवासँगै बसेर भारतीय पक्षसँग ओली सरकार ढाल्ने योजना बुनेर आए ।
एमाओवादीले गत हप्ता ओली सरकार ढाल्न निकालेको वक्तव्य महराको नयाँ दिल्लीसँग भएको सम्झौताको परिणाम रहेको एमाओवादीमा चर्चा छ । योजना असफल भएपछि महरा केहीदिनदेखि भूमिगत जस्तै भएर बसेका छन् । साँघु साप्ताहिकले खबर छापेको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...