-->
फेसबुकमा किस गरेको फोटो पोस्ट गर्दा यस्तो भयो ......

जेष्ठ ११
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक युवा युतीमा प्रतिशोधको प्रमुख हतियार बन्दै गएको छ ।
खासगरी प्रेममा धोका पाएपछि अथवा आफूले मन पराएको युवतीले आफूलाई मन नपराएपछि फेसबुकबाट गोप्य तस्वीरहरु फेसबुकमा सार्वजनिक गरेर प्रतिशाध लिने प्रवृत्ति डरलाग्दो रुपमा बढेको छ ।
फेसबुकको दुरुपयोग गर्दा हुनसक्ने सजाय बारे जनकारी नहुँदा युवा युवतीमा यसको दुरुपयोग बढेको प्रहरी अधिकारी बताउँछन् ।
यस्तै घटनामा एक किशोर आइतबार पक्राउ परेका छन् । इलाम घर भएका मार्विङ मगरलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
आफूले मन पराएकी केटीले अर्कै केटासँग विहे गर्ने तयारी गरेपछि विहे भाँड्न फेसबुकको सहायता लिए । युवतीसँग भेट्दाका फोटो मात्र होइन त्यसलाई फोटोसपबाट किस खाइरहेको बनाएर फेसबुकमा पोस्ट गरिए ।
त्यति गरेपछि विहे तय भएको केटाले प्रमिकालाई छाड्ने र आफ्नो प्रेम सफल हुने उनको सपना थियो ।
तर त्यही कुबुद्धिले उनी प्रहरी हिरासतमा पुगेका छन् । युवतीलाइ माात्र होइन परिवारलाइ पनि उनले अनेक दुःख दिइरहेका थिए ।
त्यसकारण युवतीले प्रहरीमा उजुरी गरेपछि परिवारले नै उनलाई प्रहरीमा ल्याएर बुझाएका थिए ।
मगरलाई साइबर क्राइम अपराधमा प्रहरीले कारवाही अगाडि बढाएको छ ।मिडीया एनपीबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.