काठमाडौं, २० वैशाख -नेपाली कांग्रेस, मधेसी मोर्चा र भारतले गरेको प्लान अनुसार, सबै काम बुलेट गतिमा भयो भने आउँदो तीन साताभित्र एमाओवादी अध्यष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । देउवाले भारत भ्रमणबाट ल्याएको प्लान हो– प्रचण्डलाई प्रधानमन्त्री बनाउने । प्रधानमन्त्री बन्ने यस्तो गेमप्लान विभिन्न तन्तु तथा शक्तिहरुले प्रचण्डको कानमा पुर्याइसकेका छन् ।
प्रचण्ड निकटहरुको भनाई छ– प्रचण्डले चिनीजस्तो गुलियो कुरा सुन्न थालेका छन्, एमाओवादी दलका लागि त्यो चिनी नै सावित हुने हो कि नीम सावित हुने हो भन्ने चाहिँ भविष्यले नै बताउने छ । केपी ओली सरकारलाई एमाओवादी अध्यक्ष प्रचण्डको साथ बिना गिराउन सम्भव छैन, गिरायो भने पनि उनको साथ बिना नयाँ सरकार बनाउन र टिकाउन सम्भव छैन । यही हिसाबकिताब गरेर अब प्रचण्डलाई प्रधानमन्त्री बनाएर भएपनि तत्काल ओली सरकार गिराउने रणनीति बनाइएको उच्च स्रोतहरुले बताएका छन् । र, प्रचण्डलाई प्रधानमन्त्री बनाउने भविष्यको योजना होइन, तत्काल कार्यान्वयनमा ल्याइने योजना हो ।
एमाओवादीलाई सरकार त्याग्न लगाउने, कांग्रेस र मधेसी मोर्चाले एमाओवादीलाई समर्थन दिएर नयाँ सरकार बनाउने योजना कार्यान्वयन तत्काल थालिने छ । सफल कहिले हुन्छ ? त्यो थापा पाउन भने अझै केही हप्ता लाग्ने छ ।
साँघु साप्ताहिकबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...