
२५६० औं बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस – २०७३ शनिबार बुद्ध जन्मस्थल लुम्बिनीमा बिभिन्न कार्यक्रमको आयोजना गरी बिशेष महत्वका साथ मनाईदैछ । बुद्ध जयन्तीको कार्यक्रमका सबै तयारी पुरा भएको लुम्बिनी बिकाश कोषले जनाएको छ । एक रिपोर्ट
शनिबारको बिशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित हुने कोषका सदस्य सचिब अजित मान तामाङ्गले बताउनु भयो ।
त्यस्तै गरी उप राष्ट्रपति,मन्त्री परिषदका सदस्यहरु,सासंद,राजदुतहरु,अन्तर्राष्ट्रिय बौद्ध गोष्ठिमा सहभागी हुन आएका बिदेशी मन्त्री तथा बिशिष्ट पाहुनाहरुको समेत लुम्बिनीमा हुने बिशेष कार्यक्रममा उपस्थिति हुने सदस्य सचिब तामाङले जानकारी दिनुभयो । यस बर्ष नेपाल सरकारले ‘लुम्विनी, नेपाल भगवान शाक्यमुनि बुद्धको जन्मस्थल, बुद्ध धर्म एवम् विश्व शान्तिको मुहान’ भन्ने नारा सहीत विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछ । लुम्बिनीमा सरसफाई कार्यक्रम,मञ्च निर्माण,भैरहवा देखिनै स्वागतद्धार,हेलिप्याड निर्माण,लगायतका सबै काम सम्पन्न भैसकेको सचिबालयले जनाएको छ ।
कार्यक्रममा बिशिष्ट अतिथिहरुको आगमन हुने भए पछि लुम्बिनीको सुरक्षा ब्यबस्था चुस्त पारीएको छ । शनिबारका मुख्य कार्यक्रमहरु बिहान ६ बजे मायादेबी मन्दिरमा धार्मिक पूजा र त्यस पछी साढे ६ बजे सोही स्थानबाट शान्ति ¥याली र मुल समारोह कार्यक्रम बिहान नौ बजे लुम्बिनी संग्रहालयको प्रांगणमा हुने छ । सोही कार्यक्रममा नेपाल सरकार द्धारा स्थापित लुम्बिनी शान्ति अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरीने छ ।
पुरस्कारको राशी ५० हजार अमेरीकी डलरको रहेको छ । त्यस्तै गरी बुद्ध जयन्तीकै अबसर पारी आईतबार बिहान मायादेवी मन्दीरवाट शिशु बुद्धको रथयात्रा तथा मोटरसाइकल ¥याली सहित प्राचीन कपिलवस्तु, तिलौराकोट, लैजाने कार्यक्रम छ । यसैगरीं बुद्ध जयन्तीको दिन रुपन्देहीमा मासु तथा मासु जन्य पदार्थ बिक्रि बितरण गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोक लगाएको छ । बुद्ध जयन्ती का कार्यक्रम सुरु भए संगै लुम्बिनीमा चहल पहल बढेको छ । स्थानिय सर्बसाधारणहरु पनि स्वस्र्फुत रुपमा कार्यक्रम सफल बनाउन अघि बढेपछी चहलपहल बढेको हो


0 comments
प्रतिक्रिया दिनुहोस्...