-->
धेरै गर्भपतन गर्नेको नलीमा गर्भ रहने खतरा

एजेन्सी । सामान्यतया गर्भ पाठेघरमा रहन्छ भन्ने छ । तर, सबै गर्भ सधैँ पाठेघरमा मात्रै नरहेर नलीमा पनि रहने गरेको छ । कसैले धेरैचोटि गर्भपतन गरेको छ भने त्यस्तो महिलामा यस्तो खतरा बढी हुन सक्छ । कहिलेकाहीँ गर्भपतन नगरेकालाई पनि हुन सक्छ । महिनावारी हुँदा पाठेघरमा नरमपना बनाउने तत्त्व हुन्छ, तर धेरैपटक गर्भपतन हुँदा त्यो नरम तत्त्व कम हुन्छ । पाठेघरको नलीमा रहेको बच्चा ठूलो हुनेबित्तिकै नली फुट्छ ।
महिला सुगम ठाउँमा रहेको वेला समयमै उपचार हुनसक्छ, होइन भने मृत्युसमेत हुनसक्छ । सुरक्षित तरिकाबाट गर्भपतन गराउन सकिन्छ । तर, धेरैचोटि गर्भपतन गर्दा आफूलाई बच्चा चाहेको वेला पनि पाठेघरमा नबसेर बाहिर नलीमा बस्न सक्छ । यदि हामीले ‘सर्जिकल एबोर्सन’ गर्यौँ भने पाठेघरमा प्वाल पर्नसक्छ । यो प्रक्रिया भएकाले इन्फेक्सन हुनसक्छ । गर्भपतन गर्दा राम्रोसँग सफा गरिएन भने धेरै रगत बग्नसक्छ । यीलगायतका समस्या छन् ।
अहिले तीन महिनासम्म गर्भपतन गराउन कानुनी रूपमै अनुमति छ । तर, अचेल गर्भपतनलाई परिवार नियोजनका रूपमा लिने गरेको पाइन्छ, त्यसो गर्नु जोखिमपूर्ण छ । बच्चा नचाहिने अवस्थामा गर्भपतन गराउने हो । परिवार नियोजनका रूपमा लिँदा बढी जोखिम हुन्छ । बच्चा नजन्माउने हो भने सावधानी अपनाउनुपर्यो । तत्काल बच्चा नजन्माउने हो भने अस्थायी र भविष्यमै बच्चा नजन्माउने हो भने स्थायी साधनको प्रयोग गर्नुपर्यो । मानिसले गर्भपतनलाई जसरी सजिलो गरी सोच्छन्, यो धेरै जोखिमपूर्ण हुन्छ ।
नयाँ पत्रिकाले छापेको छ । कहिलेकाहीँ गर्भपतनका कारण रगत जम्ने कुरामा समस्या भएर मृत्यु हुन्छ । हाम्रो शरीरमा कतै चोट लाग्यो भने एकछिन रगत बगेर आफैँ रोकिन्छ, यो एउटा सिस्टम छ । धेरैपटक गर्भपतन गराउँदा ‘प्याथोलोजी’ अर्थात् रगत जमाउने चिजको खराबी हुनसक्छ । जताबाट पनि रगत बगेर समस्या हुने गर्छ । त्यसैले गर्भपतन सजिलै हुने रहेछ भने र सोच्नु ठुलो गल्ती हुनेछ । गर्भपतनलाई अस्थायी साधनका रूपमा लिनुहुँदैन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.