छोराको विवाह बावुआमाको लागि सबैेभन्दा खुशीको कुरा हुने गर्दछ । बावु आमाको जीवनभरको सपना नै आफ्नो छोराछोरीलाइ पालन पोषण गरेर हुर्काउने र बिवाह गरिदिएर घरजम गरिदिने अनि ढुक्कसँग यो सन्सारबाट बिदा लिने हुन्छ । सन्सारमा बिवाह सम्वन्धि अचम्म अचम्मका रिती रिवाज रहेका छन् ।
यदि तपाइलाइ छोराको बिवाहको दिन डोरीले बाधेर सडकमा लखेट्यो भने तपाइलाइ कस्तो लाग्ला ? पक्कै नराम्रो लाग्ला तर, चीनको हेनान प्रान्तमा भने यस्तो किसिमका सस्कार नै छ जसअनुसार छोराको बिवाहको दिन बावुआमालाई छोराको गाडीमा डोरीले बाधेर घिसार्दै सडकमा घुमाइन्छ । नातागोताहरु र आफन्तले भने उनीहरुलाई जिस्काएर रमाइलोर गर्छन ।
हामीलाइ देख्दा नराम्रो लागेपनि उनीहरु भने यो परम्पराबाट रमाइलो गर्दै आएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...