-->
माओवादी एकतापछि प्रचण्डले बाबुरामलाई यसरी गरे सम्बोधन ‘बाबुरामजी बुर्जुवालाई लिएर हिंडन छोड्नुस्’

काठमाडौं, ६ जेठ । विभाजित माओवादीहरुबीच विहीबार औपचारिक रुपमा एकता भएको छ ।
एकतापछि बनेको नेकपा माओवादी केन्द्र नामको नयाँ पार्टीको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै चुनिएका छन् ।
एकतापछि नयाँ पार्टीको अध्यक्षको हैसियतले एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्व माओवादी नेता एवं नयाँ शक्ति बनाउँदै हिडेका बाबुराम भट्टराईलाई पुरानै घर फर्किन आग्रह गरेका गरे ।
उनले बाबुराम र उनका सम्पूर्ण साथीहरुलाई एकीकरण प्रक्रियामा सहभागी हुन अपिल पनि गरे । ‘यो विशाल सागरमा आउनुस, नयाँ माओवादीमा आउनुस, नयाँ शक्ति भन्दै बुर्जुवालाई लिएर हिंडन छोड्नुस्,’ प्रचण्डले मञ्चबाटै बाबुरामलाई आग्रह गरे ।
उनले नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य लगायत अन्य कम्युनिष्ट नेताहरुलाई पनि एकीकृत पार्टीमा आउन आग्रह गरे ।
विभाजन भएको ५ वर्षपछि एमाओवादी र अन्य माओवादी घटकबीच एकीकरण भइ नेकपा माओवादी केन्द्र नामको नयाँ पार्टीको विहीबार घोषणा भएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.