-->
संघीय गठबन्धनले घेरा हालेपछि सिंहदरबारभित्रै थुनिए मन्त्रीहरु काठमाडौं उपत्यकाको जनजीवन प्रभावित

काठमाडौं, २ जेठ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका २९ वटा साना दलहरु आबद्ध संघीय गठबन्धनले सिंहदरबार अगाडि धर्ना दिँदा सो क्षेत्रको जनजीवन दिनभरि प्रभावित बनेको छ ।
गठबन्धनको धर्नाका कारण सिंहदरबारभित्रको दैनिक कार्यसञ्चालनमा समेत प्रभाव परेको छ । उल्लेख्य संख्यामा जम्मा भएका गठबन्धनका कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नारावाजी गर्दै संविधान पुनर्लेखनको माग गरेका थिए ।
आफ्नो पहिचान झल्कने भेषभूषामा सजिएर धर्नामा आएका उनीहरुले नाचगान गर्नुका साथै रमाइलो समेत गरेका थिए । धर्ना सकिने बेला गठबन्धनका नेताहरुले धनाकारीलाई सम्बोधन गरेको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
माइतीघर मण्डला र हनुमानस्थानमा जम्मा भएका गठबन्धनका कार्यकतालाई सुरक्षाकर्मीले निषेधित क्षेत्र प्रवेश गर्न दिएको थिए ।
हनुमानस्थानमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र याद, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झासहितका नेताहरुले नेतृत्व गरेका थिए ।
माइतीघर मण्डलामा भने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् गठबन्धनका संयोजक उपेन्द्र यादवसहितका साना दलका नेताहरुले कमाण्ड लिएका थिए ।
निर्धारित समयभन्दा दुई गण्टा ढिला सुरु भएको गठबन्धनको धर्नालाई ध्यानमा राखेर गृह मन्त्रालयले सिंहदरबारसहित राजधानीको सुरक्षा व्यवस्था उच्च बनाएको थियो । राजधानीका विभिन्न स्थानमा प्रहरीले कडा चेकजाँच गरेको थियो ।
तिनकुने र पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडिबाट प्रहरीले झण्डामा होलर ल्याइएका बाँसका लठ्ठीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । गठबन्धनले सो क्रममा आफ्ना छ जना केन्द्रीय नेताहरुलाई प्रहरीले पक्राउ गरेको समेत जनाएको छ ।
मन्त्रीहरु दिनभरी सिंहदरबारभित्रै थुनिए
संघीय गठबन्धनको सिंहदरबार घेराउ हुने भएपछि गृह मन्त्रालयले समयमा मन्त्रालय आइ दैनिक कार्यसञ्चालन गर्न निर्देशन दिएको स्रोतले जनाएको छ । सिंदरबारभित्र अन्य दिनको तुलनामा आज दिनभरि मन्त्रीहरु आआफ्ना कार्यकक्षमा बसेका थिए । उनीहरु दिनभरी थुनिएजस्तै गरी भित्रै रहे । पाँच बजेपछि धर्ना सक्किएपछि मन्त्रीका साथै मन्त्रालयका कर्मचारीहरु घर फिर्ता भएका थिए ।
बैठक अहिले बस्दै
यसैबीच, संघीय गठबन्धनको बैठक अहिले बस्दैछ । तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा गठबन्धनको बैठक बस्न लागेको हो । भोलिको कार्यक्रमलाई कसरी अगाडि बढाउने र आज दिनभरिको कार्यक्रमको समीक्षाका लागि बैठक बस्न लागेको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.