-->
ट्राफिक इन्सपेक्टर सीताराम हाछेथुले छोरालाई जरिवाना तिराए, सांसदलाई बग्गीखाना पठाए !

काठमाडौं–ट्राफिक व्यवस्थापनमा ‘अब्बल अफिसर’ का रुपमा कहलिएका इन्सपेक्टर सीताराम हाछेथुले ‘लेन क्रस’ गर्दा थापाथली चोकमा समातिएका छोरा शिरीष हाछेथुलाई पाँच सय जरिवाना तिराएका छन् ।
कुपण्डोलबाट माईतिघरतिर जाँदै गर्दा लेन मिचेको भन्दै थापाथलीका ट्राफिकले शिरीषको मोटरसाईकल नियन्त्रणमा लिएका थिए । मोटरसाईकल समातेपछि शिरीषले ललितपुरको ट्राफिक इन्चार्ज समेत रहेका बावु हाछेथुलाई फोन गरेर सोधे, ‘ड्याडी थापाथलीमा लेन क्रस गरेको भन्दै ट्राफिकले मेरो मोटरसाईकल समात्यो के गर्ने ?’
इन्सपेक्टर सीतारामले उत्तर दिए, ‘ए ! ठिकै छ, अहिले त्यहाँ लाईसेन्स बुझाएर जानु !’ शिरीषले ‘हुन्छ ड्याडी’ भन्दै लाईसेन्स दिए चिट लिएर हुँईकिए । यो केहि दिनअघिको घट्ना हो, भोलिपल्ट छोरालाई ‘बिहान नौ बजे बग्गीखाना आउनु भन्दै’ घरबाट निस्किएका हाछेथुले बग्गीखानामा पाँच सय थमाउँदै छोरालाई भने, ‘जरिवाना तिरेर कक्षा लिनु, अनि लाईसेन्स निकालौंला !’
‘शिरीषले मोटरसाईकल चलाउन थालेको पाँच बर्ष भयो, पहिलो पटक लेन क्रसको कक्षा लिएपछि उसले धेरै कुरा थाहा पाएको छ’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.