काठमाडौँ | भर्खरै मात्र मोड्लिङ् क्षेत्रमा प्रवेश गरेकी मोडल सम्पदा सिंहले आफ्नो फेसबुक मार्फत कुमारीत्व सम्बन्धी समाजमा रहेको भ्रमलाई यसरी कडा प्रहार गरेकी छिन्। पढ्नुस सम्पदाले आफ्नो फेसबुकमा लेखेको कुरा अनुवादित रुपमा।
"आजको हाम्रो समाज पनि अचम्मको छ। यदि कुनै एउटा केटीले आफ्नो प्रेमीसंग एक रात बिताइन, उसलाई नै आफ्नो श्रीमान मानेर शारीरिक सम्बन्ध पनि राखिन भने समाजले उनि माथी औला उठाउछ। उसलाई कलंकिनीको नाम दिइन्छ र समाजमा उ अपहेलित हुन्छे। तर केटा मान्छेले जहिले जे गर्दा पनि चोखो नै हुन्छ रे। आखिर के फरक छ र यहाँ ?
उनले आफुलाई मन परेको केटासंग रात बिताएकी हुन, कसैको करले हैन। उनले जोसंग आफ्नो जीवन बिताउछु भन्ने सोच लिइन सोहि केटासंग आफ्नो यौवन सुम्पेकी हुन्। तर हाम्रो समाजले यो कुरालाई गलत ढंगबाट हेर्दछ। यदि कुनै युवतीले कुनै केटालाई बिहे अगावै आफ्नो हुने वाला पति मानेर यौन सम्बन्ध राखिन भने र कारण बस उनको प्रेममा बिछोड भइ अर्कैसंग बिहे हुन गयो भने, उनले आफ्नो पतिको विश्वास अनि धर्म माथि खोट पुराइन अरे ! हैन कस्तो भिन्नताको पर्खाल हो यो?
ति युवती पनि प्रकृतिकै बरदान हुन्। उनमा पनि दोस्रो लिङ्गि प्रति माया-प्रेम,यौन भाव आउदो होला, यस्तो क्रियाकलाप गर्न रहर लाग्दो होला र कहिले कहिँ यस्तो क्रियाकलापको बाबजुद प्रेम सम्बन्ध बिछोड हुन पुग्छ।
उनलाई पनि त्यस पछिका दिनमा हासी खुसि रमाएर जीवन बिताउने हक छ। तर उनले आफ्नो कुमारित्व तोडिन भन्दैमा अब उनि राम्रो असल श्रीमती हुदिनन भन्ने कुरा आउदैन। त्यसैले यदि तपाई राम्रो श्रीमती चाहनुहुन्छ भने राम्रो मन-मुटु भएको हेर्नुहोस उसको कुमारित्वलाई हैन, किन कि उनि तपाइको जीवन संगिनी हो तपाईलाई यौन सन्तुस्टी दिने भाडो हैन।"


0 comments
प्रतिक्रिया दिनुहोस्...