-->
आफ्नै पार्टिको सरकार बिरुद्द किन यस्तो बोलिन नबिना लामा ले ?

अछाम, १८ जेठ । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)की केन्द्रिय अध्यक्ष नविना लामाले सरकारविरुद्ध अदालत जाने चेतावनी दिएकी छिन् ।
सोमवार अनेरास्ववियु अछामको १७ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लामाले संविधानमा व्यवस्था भएको निःशुल्क तथा अनिवार्य शिक्षा नीति कार्यान्वयन नगरेमा सरकारविरुद्ध अदालत जाने चेतावनी दिएकी हुन् ।

लाखौ शिक्षित युवाहरुलाई विदेशिनबाट रोक्न शैक्षिक प्रमाणपत्र धितो राखी ऋण दिन पारित भएको नीतिलाई तत्काल कार्यान्वयन गर्न सरकारलाई दबाब दिन अनेरास्ववियु लागिरहने उनले बताइन् । शिक्षाको नाममा हुने व्यापारीकरण, दलाली र कालोबजारीको अन्त्यका लागि सबै विद्यार्थी संघ संगठनले आआफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उनको जोड थियो ।
उनले देशका विभिन्न क्षेत्रहरुमा रहेका छाउपडी कुप्रथा, देउकी प्रथा, दाईजो जस्ता कुरितीविरुद्ध आफ्नो संगठन लागिरहेको र अझै शसक्त ढंगले लाग्ने बताईन्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.