-->
कांग्रेसलाई घेराबन्दी गर्न बालुवाटारमा सत्तारुढ दलहरूको बैठक

काठमाडौं, १८ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बजेट पेश हुुनु अगावै पत्रपत्रिकामा सार्वजनिक भएको विषयलाई लिएर सदन अबरोध गरेपछि सो विषयमा परामर्श गर्न प्रधानमन्त्री केपी ओलीले सत्तारुढ दलहरूको बैठक बोलाउनु भएको छ ।
अहिले केही समयपछि बालुवाटारमा बस्ने बैठकमा संसदमा कसरी प्रस्तुत हुने विषयमा छलफल हुनेछ । स्रोतका अनुसार कांग्रेसले अगाडि सारेको मागका विषयमा पनि अन्य सत्तारुढ दलहरूको सुझाव लिइनेछ ।
कांग्रेसले बजेट पत्रपत्रिकामा पहिला सार्वजनिक भएको विषयमा छानविनको माग गर्दै आएको छ । प्रधानमन्त्री ओलीले कांग्रेसको मागप्रति खासै रुचि नदेखाएको आरोप छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.