दाङ, २५ वैशाख । मालिका–कालिका यातायात प्रालिले आज दाङको तुलसीपुरबाट रूकुममा यात्रुवहाक बस सञ्चालन गर्ने क्रममा गाडीमा अबरोध गर्न खोज्ने राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी र प्रहरीबीच झडप भएको छ ।
झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा राप्ती समितिको नेतृत्व गरिरहेका समितिका अध्यक्ष सुरेस हमालको टाउकोमा चोट लागेको छ ।
मालिका–कालिका यातायात प्रालिले रूकुम छुटाउन लागेको नम्बरको एसी हाइसमा तोडफोड गर्ने क्रममा लाठीचार्ज गर्दा हमाललाई चोट लागेको इप्रका तुलसीपुरले जनाएको छ ।
प्रालिका बस र कर्मचारी माथि आक्रमण गर्न खोज्ने राप्ती समितिका कर्मचारी धनबहादुर डाँगी लगायत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...