एजेन्सी– आज आइतबार औंसी त होइन । सूर्यग्रहण औंसीमा मात्रै लाग्छ । शीर्षकले झुक्यायो भन्ने तपाई ठान्दै हुनुहुन्छ होला । तर त्यस्तो होइन । आज सूर्यग्रहण वास्तवमै लाग्दैछ । तर यो सूर्यग्रहण चन्द्रमाको कारण होइन सौर्यमण्डलको सबैभन्दा सानो ग्रह मर्करीका कारण लाग्दैछ ।
मर्करी सौर्यमण्डलको सबैभन्दा सानो सदस्य भएका कारण यो पृथ्वी र सूर्यको बीचमा आउँदा यसले सूर्यको किरण खासै छेक्न सक्दैन । जिएमटीअनुसार दिउँसो १२ बजेर १२ मिनेटबाट मर्करीले सूर्यको अगाडिबाट यात्रा गर्नेछ । यसलाई पृथ्वी र सूर्यको बीचबाट निस्कन साढे सात घण्टा लाग्नेछ ।
बेलायतको समय भन्दा नेपालको समय साढे पाँच घण्टा छिटो छ । यसकारण जब पृथ्वी र सूर्यको बीचमा मर्करी ग्रह प्रवेश गर्छ सम्भवतः त्यसबेला नेपालमा सूर्य अस्ताउने तयारीमा हुन्छ ।
मर्करीको आकार धेरै सानो भएको सूर्यतिर हेर्दा सानो थोप्लो मात्रै देखिनेछ । एक शताब्दीमा १३ वा १४ पल्ट मर्करीले सूर्यमा ग्रहण लगाउँछ । मर्करीका कारण अर्को ग्रहण २०१९ मा लाग्ने छ । त्यसपछिको ग्रहण लाग्न सन २०४९ सम्म पर्खनुपर्नेछ । सन् २०४९ को मे ७ मा मर्करीले सूर्यमा ग्रहण लगाउनेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...