काठमाडौं, ३ जेठ । कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन पाएनन् ।
तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति कार्यालयले आइतबार अपरान्ह ४ बजे राष्ट्रपतिसँग भेटघाटको समय मिलाएको थियो । नागरिक दैनिकले समाचार छापेको छ ।
तर उक्त समय उपाध्याय शीतलनिवास पुगेनन् । उनले आफूलाई भेटघाटका लागि समय दिइएकोबारे थाहै नपाएको बताए ।
‘घरमा बसिरहेका बेला ४ बजे मात्र थाहा भयो भेटघाटको समय राखिएको रहेछ’, उपाध्यायले भने । परराष्ट्रले जानकारी नगराउँदा उनले राष्ट्रपति भेट्न नपाएका हुन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...