-->
चीनबाट छुट्यो काठमाडौँका लागि रेल (तस्विरसहित)

काठमाडौँ, ३० वैशाख, जनवादी गणतन्त्र चीन सरकारले नेपालको काठमाडौँका लागि एउटा रेल आजबाट पठाएको छ । मे ११ तारिखका दिन चीनको उत्तर–पश्चिमी क्षेत्रमा पर्ने कान्सु प्रान्तको लान्झाउबाट उक्त रेल नेपालको काठमाडौँका लागि छुटेको हो ।
उक्त रेल १० दिनमा रेलमार्ग पुरा गर्दै चीनको लान्झाउ आइ पुग्ने जनाइएको छ । यो रेलमार्ग काठमाडौँसम्म आइपुग्न तीन सेक्सन पुरा गर्नु पर्ने जनाइएको छ । लान्झाउबाट छुटेको रेल २,४३१ किलोमिटर पार गर्दै तिब्बतको सिगाचे आइपुग्छ । हाललाई यता रेलमार्ग नभएकोले सिगाचेसम्म मात्रै आउनेछ । सिगाचेसम्म रेलमा आएको सामान ५६४ किलोमिटर पुरा गरेर सडकमार्गबाट चीन र नेपालको सिमा क्षेत्र जिलोङ आइपुग्छ भने जिलोङबाट १६० किलोमिटर सडकमार्ग पुरा गर्दा काठमाडौँ आइपुग्नेछ । यसरी सामान ल्याउँदा विगतको सामुन्द्रिक मार्गबाट भारत हुँदै काठमाडौँ आउने भन्दा ३५ दिन छिटो हुने बताइएको छ ।
उक्त रेल ४३ कार र ८६ कार्गो कन्टेनरको हुने जनाइएको छ । सो रेलले हाललाई दैनिक आवश्यकीय सामग्रीहरु तथा घरायसी प्रयोगका सामानहरु बोक्ने चाइना रेलवे कन्टेनर कर्पोरेशनका डेपुटी जेनेरलले बताए ।
गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका समयमा भएको पारवहन सम्झौता अनुरुप यो रेल आउन सम्भव भएको हो । यो रेल सेवालाई चीनको कान्सु प्रदेश, छिङहाइ प्रदेश तथा तिब्बत स्वायत्त क्षेत्र सहित दक्षिण एसिया क्षेत्रमा नै विस्तार गर्ने लक्ष्य रहेको चाइनाको पिपल्स डेलीले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.