-->
सेनाका पत्नीहरूले टुँडीखेलमा ‘अमरपंक्षी’ देखाउँदै

काठमाडौं । नेपाली सेनाका पत्नीहरूले भूकम्पपीडितका नाममा युवतीहरूलाई नचाउने भएका छन् । ‘अमरपंक्षी’ नामबाट सेनाका पत्नीहरूले भारतीय र नेपाली नायिकाहरूलाई स्टेजमा उतार्न लागेका हुन् ।
अमरपंक्षीबाट उठ्ने रकम भूकम्पपीडितलाई दिइने बताइएको छ । तर, सो कार्यक्रम गर्नकै लागि करोडौँ खर्च हुँदैछ । भूकम्पपीडितका नाममा हुन थालेको यो चर्तिकलाको चारैतिरबाट विरोध भइरहेको छ ।
नायिकाहरूलाई ल्याएर नचाउनुका साटो त्यसको रकम सिधै भूकम्पपीडितलाई दिएको भए त्यसले धेरै फाइदा हुने टिप्पणी हुन थालेको छ । आफ्ना हाकिम पतिहरूलाई खुसी पार्न श्रीमती संघले गर्न लागेको यो चर्तिकलालाई सरकारले पनि सहयोग गरिरहेको छ ।
आयोजक नेपाल आर्मी श्रीमती संघले पत्रकार सम्मेलन गरेर आफ्नो उदेश्यका विषयमा जानकारी पनि गराइसकेको छ । कार्यक्रमको सबै तयारी पूरा भइसकेको संघले जनाएको छ ।
जेठ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सात नेपाली र दुई भारतीय कलाकारले प्रस्तुति दिनेछन् । अत्यन्तै महँगा टिकटलाई सेनाका श्रीमतीहरू आफ्ना पतिहरूको पावर लगाएर बिक्री गराएको आरोप पनि छ ।
कार्यक्रममा नेपाली कलाकारहरू रेखा थापा, प्रियंका कार्की, सुष्मा कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा र इन्दिरा जोशीका साथै बलिउड कलाकारद्वय सोनाक्षी सिन्हा र मलाइका अरोराको विशेष प्रस्तुति रहनेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.