-->
महिलाहरु कति उमेर सम्म यौन सक्रिय रहन्छ ? महिलाहरुको यौन सुख बारे छ रोचक तथ्य

कतिपय शारीरिक संरचना एवं अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै(उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्। उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ(आफ्नै किसिमका परिवर्तन हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् ।
– योनि रस आउन केही बढी समय लाग्ने।
– योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने।
– यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने
– चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने।
– महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जाने।
– पाठेघर तथा पाठेघरको मुख सानो हुने। केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव हुनसक्छ।
– महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ।
कहिलेसम्म यौनसम्पर्क राख्न सकिन्छ ?
यौनसम्बन्धी क्रियाकलापमा हुने कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न सक्दैनन् भन्ने सोच मिथ्या हो। पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय तथा सुखमय यौन जीवनयापन गर्छन्। १० हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले यौनसम्पर्क राख्ने गरेका बताए ।
७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५० देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। पाका उमेरका व्यक्तिहरू यौन आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे पनि त्यो मिथ्या सोच नै हो। त्यसैगरी महिनावारी बन्द भएपछि पहिलेको तुलनामा योनिको लचकता केही कम भएको तथा योनि रस आउने क्रम पनि कम भएको अनुभव महिलाहरूले गरेका हुन्छन्। त्यसैले पानीमा घुल्ने किसिमको चिप्लो पदार्थ (जस्तै कि एस्ट्रोग्लाइड प्रयोग गरे सुख्खापनको समस्या कम गर्न सकिन्छ। यस्तो चिप्लो पदार्थ योनि तथा लिङ्ग दुवैमा लगाउन सकिन्छ। उत्तेजक लाग्ने नयाँ आसन वा क्रियाकलापमा संलग्न हुनु सहयोगी हुन्छ। त्यसैगरी यौनसम्पर्क राख्ने समय पनि परिवर्तन गर्नु राम्रो हुन्छ। कतिपय स्थितिमा अन्य स्वास्थ समस्याका वा त्यसको उपचारका कारण यौन जीवनमा नकारात्मक प्रभाव परेको हुनसक्छ। एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधीका नकारात्मक प्रभाव हुन सक्छन्। त्यसका बारेमा पनि विचार गरेर उपयुक्त विकल्प प्रयोग गरे सहयोग मिल्छ
महिलाहरुको यौन सुख बारे छ रोचक तथ्य
यौन सम्पर्कको बेलामा प्राप्त हुने चरमसुख विषयमा विभिन्न विवादहरु नभएका होइनन् । यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वासहरु रहेका छन् ।
कतिपय महिलाले कहिल्यै पनि चरमसुख प्राप्त गर्दैनन् भन्ने मतमा अडिएका हुन्छन् भने कतिपयले महिलाले चरमसुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा आ आफ्ना तरिका पस्किरहेका हुन्छन् ।
सम्भोगका बेला पुरुषलाई जति छिटो चरमसुख प्राप्त हुन्छ महिलालाई यस्तो सुख प्राप्त गर्न कठीन हुन्छ र ढिलो हुन्छ ।
महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै यौन मनोविज्ञहरुले विभिन्न ६ वटा तथ्य सार्वजनिक गरेका छन् ।
१, महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो । योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो । यहीँ क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरमसुख प्राप्त हुन्छ । यद्यपि यो क्षेत्र योनी भित्रको ठीक कुन भागमा हुन्छ भन्ने कुराको एकिन भने गर्न सकिँदैन ।
२, चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांस भाग निस्कृय हुन्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ, अरु विषय स्वतः निस्कृय हुन्छन् । अझ चरम सुखका बेला त संवेदनाको अनुभुति गर्ने क्षेत्र समेत निस्कृय हुन्छ ।
३, धेरै महिलाले चरम सुख प्राप्त गर्नै सक्दैनन् । सन् १९९९ मा अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो । यसको निस्कर्ष के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ ।
४, चरमसुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धान अनुसार चरमसुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौन सुखको अनुभुति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छ ।
५, चरमसुख दिने प्रविधि बन्दैछ । जैविक कारणले नै चरमसुख पाउनबाट बञ्चित महिलाहरुलाई यौनसुखको अनुभुति दिलाउनका लागि वैज्ञानिकहरुले प्रविधिको विकाश गरिरहेका छन् । यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको सुसुम्ना अर्थात् ढाडभित्रको नसामा जोडिनेछ जसले महिलामा चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ ।
६, यति हुँदाहुँदै पनि महिलाको चरमसुखका विषयमा रहेका भ्रम सबै मेटिन सकेका छैनन् र यो विषयमा रहेका सबै प्रश्नको उत्तर प्राप्त भैसकेको छैन । यो विषय क्रम विकाशका यौन विज्ञहरुका लागि पनि निकै कठीन विषय बनिरहेको छ । कतिपयले त यौन सुख महिलाका लागि अनावश्यक बोझ भएको बताउँछन् । प्राप्त गर्ने चाहना पनि हुने तर पाउनै कठीन पर्ने ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.