
महेन्द्रनगर, २ जेठ । महाकाली नदीमा आज एक ट्याक्टर डुबेको छ ।
भारतीय पक्षले एकाएक पानीका ढोका खोलेपछि बालुवा, ढुङगा ल्याउने अवस्थामा महाकाली नदी किनारतिर आईरहेको ट्याक्टर डुबेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता केदार घिमिरेले लोड भएको ट्याक्टर फर्किदै गर्दा पानीको बहाव पढेपछि डुबेको जानकारी दिए । से१त ७६४८ नम्बरको टेक्टर डुबेको उनले बताए ।
साथै उक्त टेक्टरका चालक झलारी पीपलाडी नगरपालिका ३ का बिर बहादुर डगौँरा समेत वेपत्ता भएका छन् । उनी डुबेको प्रहरीले आशंका गरेको छ । उक्त टेक्टर महाकाली किनारदेखि तीनसय मिटर टाढा रहेको छ । चालक ढगौँराको खोजी कार्य र टेक्टर निकाल्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
भारतीय पक्षले महाकाली नदीबाट बालुवा गिट्टी लोड गर्दा देखेपछि नेपालीहरुलाई तर्साउन यस्तो हर्कत गरेको टेक्टर व्यवसायीहरुले आरोप लगाएका छन् ।
केही दिन पहिले अवैध रुपमा भारतीय ट्रकले नेपाली भूमिबाट बालुवा उत्खनन् गर्दा नेपाली अधिकारीले उक्त ट्रक नियन्त्रणमा लिएका थिए ।
त्यसकै रिसिबी फेर्नका लागि भारतीय पक्षले नेपालीहरुलाई जानकारी बिना पानि खोलेको आशंका गरिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...