काठमाडौं, २१ वैशाख । सरकारले ‘एक गाउँ, एक कृषि सेवा प्राविधिक’ कार्यविधि अन्तर्गत ५ सय जनाका लागि जागिर खोलेको छ ।
कृषि मन्त्रालय अन्तर्गतको कृषि विभागले मंगलबार सार्वजनिक सूचना जारी गरी कृषि प्राविधिक पदमा पाँच सय जनाका लागि दरखास्त आह्वान गरेको हो ।
सूचना अनुसार देशभरीका ७३ जिल्लाका लागि खुलातर्फ २८०, महिलामा ७९, आदिवासी जनजातिमा ६८, मधेसीमा ४६, दलितमा २७ जना गरिएको छ ।
एसलएलसी पास गरेर कृषि विज्ञानमा जेटिए पास गरेमा अथवा टी–एसएलसी (प्राविधिक एसएलसी) योग्यता तोकिएको कृषि प्राविधिक पदमा जागिर खान इच्छुकले जेठ ३ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।- दैनिक नेपाल डट कम


0 comments
प्रतिक्रिया दिनुहोस्...