-->
पूर्व राजाले भने, ‘जनताको मनोभावना बुझेको छु, पर्खनुहोस्’

काडमाडौं, ८ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार बीपी राजमार्ग हुँदै पूर्व लागेका छन् । सिन्धुलीमाढी पुगेका शाहलाई सरकारको मुख्य घटक दल राप्रपा नेपालका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।
शाहलाई कमलामाई नगरपालिकामा स्वागत गरिएको छ । स्वागतका क्रममा राप्रपा नेपालका नेता तथा कार्यकर्चाले पूर्वराजालाई देशबचाउन आग्रह गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
ज्ञानेन्द्रले उनलाई स्वागत गर्न भेलाभएका सर्वसाधारणसँग भने, ‘सबै कुराको समय र महत्व हुन्छ, जनताको मनोभावना बुझेको छु । केही समय पर्खनुहोस् ।’
आफ्नो स्वागतका लागि उभिएका सहभागीहरुलाई ज्ञानेन्द्रले सबैको कुरा बुझेको बताउँदै भने, ‘समय आउँछ । समयमा आवश्यकता अनुसारका काम हुन्छ । मैले तपाइहरुको कुरा बुझेको छु ।’
कडा सुरक्षाबीच सिन्धुलीमाढी आफैले ड्राइभिङ गर्दै पुगेका पूर्वराजा ज्ञानेन्द्रले गाडीबाटै स्वागत ग्रहण गरेका थिए ।
झण्डै २० मिनेटको अनौपचारिक तर संक्षिप्त स्वागत ग्रहण गरेका थिए । स्वागतका क्रममा शाह गाडीबाट भने ओर्लिएका थिएनन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.