काठमाण्डु, १९ वैशाख– सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेतालाई आफ्नो कार्यालय सिंहदरबार बोलाएर छलफल गरेकी छन् ।
व्यवस्थापिका संसदमा देखिएको नियमावली विवाद मिलाउनका लागि घर्तीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेतासँग छलफल गरेकी हुन् ।
नियमावली मस्यौदामा लामो समयदेखिको रहेको विवाद संसद्को नियमावली मस्यौदा समितिमा मतदान गरी टुंग्याउने वा नमिलेका विषयलाई प्रतिवेदनको अंश बनाएर संसद्को पूर्ण बैठकमै पठाउने, संसदीय सुनुवाइ विशेष समिति सदस्यसंख्याको विषयमा रहेको विवाद लगाएतका विषयमा भएको बिना निस्कर्ष टुंगिएको छ । यस विषयमा देखिएको विवाद नटुंगिएता पनि आजको बैठकबाट दलहरु लचिलो भने देखिएका छ ।
संसदीय सुनुवाइ विशेष समिति संरचना पुरानै हुनुपर्ने प्रतिपक्षी नेपाली कांग्रेसको अडान छ भने सत्ताधारी दलहरु एमाले र माओवादी नयाँ संविधानको व्यवस्था अनुसार नै हुनुपर्ने अडानमा छन् ।
नयाँ नियमावली नबन्दा केही महत्वूर्ण संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीको संसदीय सुनुवाइसमेत हुन पाएको छैन।
नयाँ संविधान जारी भएको केही समयपछि नै सुरु भएको उक्त विवाद संसदको नियमावली मस्यौदा समितिमा पुगिसक्दा समेत टुंगिएको छैन। समितिले पटक–पटक बैठक गरी विवाद टुंग्याउने प्रयास गर्दा असफल भएपछि घर्तीले आफै सक्रिएता देखाएकी हुन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...