इन्डोनेसिया – पश्चिम इन्डोनेसियामा ज्वालामूखीका कारण ज्यान गुमाउनेको संख्या आइतबारसम्म ७ पुगेको छ । ज्वालामूखीका कारण अन्य दुई व्यक्तीको अवस्था गम्भिर रहेको स्थानिय अधिकारीहरुले बताएका छन् । माउन्ट सिनाबंग र उत्तरी सुमात्रा राज्यमा ज्वालामूखी ३ किलोमिटरमाथिसम्म पुग्नेगरी शनिबार ज्वालामुखी विस्फोट भएको थियो ।
ज्वालामुखी विस्फोट भएपछि यसका छर्राहरु ४.५ किलोमिटर परको खोलासम्म पुगेको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रवक्ता सुटोपो पुर्ओले बताएका छन् । ज्वालामूखीका कारण ज्यान गुमाएकाहरु खेतमा काम गर्दै थिए । गाम्बर नामक गाउँका स्थानियहरु यसबाट सबैभन्दा पिडित भएका छन् । यो गाउँ ज्वालामुखी बिस्फोट भएको क्षेत्रबाट झन्डै ४ किलोमिटर पर छ ।
तस्विरहरुमा तातो ग्याँससहित चट्टान र धुवाँहरु गाउँसम्म फैलिएको प्रस्टै देखिएको छ । ज्वालामुखी बिस्फोटमा परेका जनावरहरु मैदानमा मृत वा घाइते अवस्थामा छन् । स्थानिय विपद् व्यवस्थापन एजेन्सीका अधिकारी नाटा नेलले बताएअनुसार आइतबार एक व्यक्तीको अस्पतालमा निधन भयो । यसअघि नै ६ जनाले ज्यान गुमाएका थिए । थप दुईको अवस्था गम्भीर छ ।
अहिले सैनिक, प्रहरी तथा अन्य स्थानियहरुले विपद् व्यवस्थापन एजेन्सीसँगको सहकार्यमा गाउँमा अन्य पिडितहरुको खोजी गरिरहेका छन् । ज्वालामुखीमा परेर ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताइएको छ । माउन्ट सिनावंग इन्डोनेशियाको ज्वालामुखी गइरहने क्षेत्र हो । यस क्षेत्रमा सन् २०१० मा गएको ज्वालामुखीका कारण २ जनाको मृत्यु भएको थियो । त्यस्तै सन् २०१४ मा १६ जनाले ज्यान गुमाएका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...