काठमाण्डु, २० वैशाख– संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीसमा सोमबार सुशीला कार्कीको नाम सिफारिस गर्यो । उमेर हदका कारण तत्कालिन प्रधानन्यायाधीस सल्याण श्रेष्ठले अवकाश पाएपछि रिक्त रेहको सो पदमा कार्कीको नाम सिफारिस गरिएको हो । तर, सोमबार कार्कीको नाम सिफारिस गर्नुअघि भएका गतिबिधिलाई नियाल्ने हो भने ती आफैमा रोमाञ्चक छन् । जसमा सभामुखले प्रधानमन्त्रीलाई मज्जैको पाठ सिकाएकी छन् ।
संवैधानिक परिषद्
संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहनेगरी अन्य ५ जना सदस्य हुने व्यवस्था छ । जसमा सर्वोच्च आदालतको प्रधानन्यायाधीस, सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्ष दलबाट एकजना सदस्य र राष्ट्रिय सभाको अध्यक्ष रहन्छन् । तर, हाल राष्ट्रिय सभाको अध्यक्ष नरहेकाले प्रधानन्त्रीसहित परिषद्मा ५ सदस्यमात्र रहेका छन् ।
केपी ओलीको दौडधुप
तत्कालिन प्रधानन्यायाधीस कल्याण श्रेष्ठले अवकास पाउने मिति भन्दा १ महिनाअघि देखि नै संवैधानिक परिषद्को बैठक कोटा नपुगेका कारण अनिर्णीत हुँदै आएको थियो ।
त्यसपछिका दिनमा ओलीले प्रधानन्यायाधीसमा वरिष्ठताका आधारमा तत्कादिन न्यायाधिस सुशीला कार्कीको नाम सिफरिस गर्न निकै दौडधुप गरे ।
त्यसो त परिषद्को बैठक पनि बालुवाटार वासिंहदरबारमै बस्न सक्थ्योे र ओलीले दौडधुप गर्नुपर्ने कुनै आवश्यकता थिएन । तर, त्यही समयको यस्तो भैदियो किन ओलीले दौडधुप नगरी सुखै पाएनन् ।
ओलीले दौडधुप गर्नुको कारण
कुरा चैत २८ गतेको हो । वैशाख १ गते तत्कालिन प्रधानन्यायाधीस श्रेष्ठले अवकास पाउदै थिए । त्यसकारण पनि नयाँ प्रधानन्यायाधीस सिफारिस गर्न ओलीलाई चटारो थियो । जसस्वरुप प्रधानन्यायाधीसमा कार्कीको नाम सिफारिसका लागि चैत २८ गते बिहान बैठक बस्ने भयोे । तर, बैठका लागि आवश्यक कोटा पुगेन । र, ओलकिो प्रयास विफल भइदियो ।
सभामुख ओनसरी घर्ती बिरामी भएर २७ गते नै सुमेरु अस्पताल भर्ना भएकी थिइन् भने विपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा उनुपस्थित थिए । उता उपसभामुख पनि बैठकमा नआएपछि प्रधानमन्त्री र तत्कालिन प्रधानन्यायाधीस श्रेष्ठ मात्र भए । जसका कारण ओलीले काकीृको नाम सिफारिस गर्न असफल भए ।
ओनसरी मनाउन सुमेरु पुगे ओली
त्यसपछि ओली ओनसरी भेट्न सुमेरु अस्पताल पुगे । ओनसरीलाई भेटेर ओलीले संवैधानिक परिषद्मा कोटा नपुगेका कारण कार्कीलाई प्रधानन्यायाधीमा सिफारिस नगरिएको दुखेसो पोख्दै भने, ‘ल सभामुखजी तपाईंले सहयोग गर्नुपर्यो । हामी बसेर निर्णय गछौँ, तपाईंले अस्पतालबाटै हस्ताक्षर गरिदिनुपर्यो ।’
तर, ओलीको कुरा ओनसरीले मानिनन् । उनले ओलीलाई दिएको जवाफ थियो, ‘होइन प्रधानमन्त्रीज्यु, म यसरी अस्पतालबाटै हस्ताक्षण गर्न सक्दिन । म बिरामी भएर अस्पताल भर्ना भएकी छु भन्ने सबैलाई थाहा छ । त्यसैले यस्तो काम मबाट हुँदैन । तपाईं केही समय पर्खनुहोस् ।’
तनाबमा रहेका ओलीले मानेनन् ओनसरीको कुरा
त्यसपछि निराश हुँदै ओली अस्पतालबाट निस्किए । त्यही दिन २८ गते साझ परिषद्को बैठक फेरि बोलाइयो । तर, बैठकमा फेरि पनि कोटा पुगेन । त्यसपछि ओलीलाई झन् तनाब भयो ।
उनले सोझी ओनसरीलाई जसरी पनि फकाउने सोचले कार्कीको नाम सिफारिस गरे । र हस्ताक्षणका लागि फाइल सुमेरु अस्पताल नै पुर्याए । तर, सोझी भनेर हेपिएकी ओनसरीले ओलीको यस कदमको विरोध गरिन् । उनले आफू कार्की प्रधानन्यायाधीस हुनुपर्छ भन्ने कुराको विरोधमा नरहेको तर, आफ्नो अनुपस्थितिमा गरिएको निर्णयमा हस्ताक्षण नगर्ने ढिपी कसिन् ।
संचार माध्यममा ओनसरीले हस्ताक्षण गरेको, सुशीला कार्कीको नाममा असहमति जनाएको लगायतका विभिन्न समाचार आए । तर, वास्तविकता अर्कै थियो । नत ओनसरीले कार्कीको नाममा असन्तुष्टी पोखेकी थिइन् नत उनको अुनपस्थिती बिना गराइएको निर्णयमा हस्ताक्षण नै गरेकी थिइन् । उनले आफू संविधानको मर्म र भावना अनुसार नै चल्ने भन्दै आफू जाँदै नगएको बैठकबाट गरिएको निर्णयमा हस्ताक्षण गरेर विवादमा मुछिन चाहिनन् ।
प्रचण्ड फकाउन लागे ओली
ओनसरीको यस्तो निर्णयले ओली निकै तनाबमा परे । त्यसपछि उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर ओनसरीलाई फकाइदिन आग्रह गरे । त्यसपछि प्रचण्ड निवासबाट ओनसरीलाई हस्ताक्षण गर्दैमा केही नहुने भन्दै दबाब आयो ।
तर, उनी कत्तिपनि बिचलीत भइनन् र आफ्नो निर्णयमा अडिग रहिन् । बरु ओनसरीले आफूलाई दबाब दिनेलाई भनिन्, ‘म यस्तो काम गर्दीन जुन कानुनी र नैतिक हिसावले लचिलो र त्यसको विरुद्ध हुन्छ ।’
अन्नतः ओली नै झुके
त्यसो त ओनसरीको उपस्थितिबिना नै निर्णय गरेर अस्पतालमा उनको हस्ताक्षण माग्न जानु ओलीको पहिलो गल्ती थियो । उनले गरेको दोश्रो गल्ती ओनसरीलाई लाटी र सोझी ठान्नु थियो । सबैको नजरमा लाटी र सोझी भनिएकी ओनसरीले आफूलाई निकै चलाख, बाठो र चतुर ठान्ने ओलीलाई देखाएरै छाडिन कानुनी र नैतिक हिसावले को–कतिको बलियो छ ।
ओलीका अगाडि राजनीतिक हिसावले निकै जुनियर ओनसरीले उल्टै नैतिकताको पाठ सिकाएपछि ओली अन्ततः गलेरै छाडे । ओनसरीले ओलीलाई मात्र होइन उनी सभामुख हुँदा राम्रो गर्न सक्दिनन्, संसद चलाउदिनन् भन्नेलाई समेत देखाइदिइन् उनको चतुरता ।
आफूले गल्ती गरेपछि निकै रुखा र खरा मानिएका ओलीले गल्ती गर्न नमानेकी ओनसरीकै अपस्थितिमा संवैधानिक परिषद्को बैठक बोलाए र कार्कीलाई प्रधानन्यायाधीसमा सिफारिस गरे ।
बाहिर आएका विभिन्न संखा र उप–संखाका बीच ओनसरीले सबैलाई देखाइदिइन् कि उनी कार्कीको विरोधमा होइन गलत पद्धती, प्रकिया र अनैतिकताको विरोधमा छिन् । अब उनीबाट आफूलाई निकै चलाख र सिनियर सम्झने ओलीले नैतिकता र कानुनी पाठ सिक्ने कि ?


0 comments
प्रतिक्रिया दिनुहोस्...