काठमाडौं, जेठ ९ - माकुराको प्रजातीमा केही यस्ता माकुराहरु पनि हुन्छन् जहाँ भाले माकुराले पोथी माकुरालाई प्रेम प्रस्ताव राख्नका लागि उपहार बोकेर जानु पर्छ नत्र पोथीले भाले माकुरालाई मारेर खाइदिन्छे ।
बैज्ञानिकहरुले भाले माकुराले आफ्नी पोथीलाई उपहार दिने परम्परालाई निकै अघि देखी अध्ययन गर्दै आइरहेका थिए । तर आफ्नो जोडीलाई मायाको जालमा पार्न भने माकुराले सही निर्णय भने गर्न नसकेको बैज्ञानिकहरुको ठहर छ ।
यो हप्ता प्रकाशित एक अनुसन्धानले के देखाएको छ भने भाले माकुराले आफ्नो पार्टनरलाई उपहार दिनु भनेको उसले आफनो ज्यान सुरक्षाका लागि हो ।
जर्नल बायोलोजी लेटर्समा प्रकाशित अध्ययन अनुसार नर्सरी वेव स्पाइडर्स पिसाउरा मिराबिलीज जातको भाले माकुराले आफ्नी पोथीसँग यौन संपर्क स्थापना गर्नपाउँ भन्दै उपहार दिने माकुरा प्रजातीमा चिनिन्छ ।
भाले माकुरा आफ्नी पार्टनर माकुरा प्रति माया प्रदर्शन गर्न झिङ्गा तथा किरालाई जालोमा बेरेर मायाको चिनो सरुप टक्रयाउँछ ।
हुनत माकुराबीचको यो परम्परा मायाप्रितीको खेल जस्तै देखिन्छ तर अध्ययनले के देखाएको छ भने भाले माकुराले पोथी माकुराका लागि उपहार नदिएको खण्डमा पोथीले उसलाईनै मारेर खाइदिन्छे ।
लोभी भाले माकुरा मारिन्छ
२८० जोडी भन्दा बढी माकुराहरुमा गरिएको अध्ययन अनुसार, अनुसन्धानकर्ताले के पत्तो लगाए भने लोभी भाले माकुरासँगको संबन्धलाई पोथी माकुराले अगाडी बढाउन चाहदिन ।
१५ वटा भाले माकुराहरु जसले पोथी माकुरालई उपहार नदिकनै यौन सम्पर्क राख्न चाहेका थिए उनीहरुलाई पोथी माकुराले संसर्ग गर्नुपूर्वनै मारेर खाइदिए, अध्ययनमा उल्लेख छ ।
परिणाम के देखियो भने उपहार नदिएरै यौन संपर्क राख्न चाहने भालेलाई पोथी माकुराले आक्रामक रुपमा आक्रमण गरेको, जर्नल बिगोलोजी लेटर्समा उल्लेख छ ।
तर यौन संपर्क पूर्व पोथीलाई भाले माकुराले उपहार दिएको खण्डमा भने पोथीले भालेको यौन प्रस्ताव सहजै स्विकारेको अध्ययनमा उल्लेख छ ।
पोथीलाई खानेकुरा उपहार दिंदैमा उसले भालेलाई मारेर नखाने भन्ने चाँही होइन ।
एउटा भाले माकुरा उपहार सहित पोथीलाई आफ्नो मायाको जालमा फसाउन सपल भयो तर यौन संपर्क पश्चात उसलाई पोथीले मारेर खाईदिई, अध्ययनमा उल्लेख छ ।
स्रोतः सीएनएन


0 comments
प्रतिक्रिया दिनुहोस्...