-->
रक्सी र यौनको उन्मादमा छोरीमाथि पटक-पटक बलात्कार

झापा – रक्सी र यौनको उन्मादमा झापाका एक बाबुले आफ्नै छोरीमाथि पटक पटक बलात्कार गरेको घट्ना बाहिर आएको छ । झापा राजगढ ६ की १७ वर्षीया पीडित युवतीले आफूमाथि बाबुले जबर्जस्ती गरेको भन्दै उजुरी दिएपछि यस्तो खुल्न आएको हो ।
४१ वर्षीया बाबुले २ महिना अघि एक साताको फरकमा दुई पटक करणी गरेको पीडितले बताएकी छन् । शनिवार बिहान फेरि अभियुक्तले बलात्कार प्रयास गरेको भन्दै कारवाही गरी दिन जिल्ला प्रहरी कार्यालय झापामा उजुरी गरेकी छन् । यद्यपी प्रहरीले शनिबार सार्वजनिक बिदा भएकाले उजुरी दर्ता गरिसकेको छैन । जिल्ला प्रहरी प्रमुख एसपी ठाकुर प्रसाद ज्ञवालीले सार्वजनिक बिदा भएकाले उजुरी दर्ता गर्न नसकिएको भन्दै भोलि उजुरी दर्ता गरेर अभियुक्तलाई कानुनी कारबाही गर्ने बताए ।
शनिबार प्रहरी कार्यालयमा आमासगैं आएकी छोरीसँग महिला प्रहरीमार्फत एक्लै बयान समेत लिइएको बताइएको छ । ती १७ बर्षिया युवतीले दुई महिना अघि बुबाले रक्सि खाएर आई सुतेको बेलामा जबरजस्ती करणी गरेका गरेको र शनिबार पनि बलात्कारको प्रयास गरेको बयान दिएकी छन् । उनले बलात्कारपछि कसैलाई भने आमालाई मारदिन्छु भन्दै धम्काएका समेत थिए ।
यसैबीच प्रहरीले अभियुक्तलाई पक्राउ गरिसकेको जनाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.