-->
ओली सरकारलाई कांग्रेसबाट आयो अर्काे कडा चेतावनी, वामदेवले फर्काए जवाफ ‘छानबिन समिति नबनेसम्म सदन चल्दैन’

काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बजेट चुहिएका बारे छानबिन समिति गठन नभएसम्म व्यवस्थापिका-संसद्को कामकारबाही अघि बढ्न नसक्ने चेतावनी दिएको छ ।
नेपाली काँग्रेसको विरोधका कारण संसद्को आजको बैठक चार पटक सम्म स्थगन भएपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफमा काँग्रेस सांसद डा रामशरण महतले छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नरहेको बताए ।
“हाम्रा मागको सुनुवाइ भएको छैन र सरकारले अहिलेसम्म छानबिन समिति गठनबारे कुनै किसिमको प्रत्युत्तर दिएको छैन”–संसद् परिषरमा एकत्रित भएका पत्रकारलाई उनले भने ।
उनले प्रतिपक्षका माग सम्बोधन नभएको बताउँदै बजेटमा बहस गर्न नेपाली काँग्रेस तयार रहेको बताए ।
सत्तारुढ प्रमुख दल नेकपा (एमाले)का सांसद वामदेव गौतमले बजेटको अङ्कमा केही तलमाथि भए पनि गम्भीर त्रुटि नभएकाले विरोधका लागि विरोध गर्नु विपक्षीको धर्म हो भने ।
उनले त्रुटि सच्च्याउँदै जानुपर्नेमा जोड दिँदै सदनको कामकारबाही अवरुद्ध गरेर काँग्रेसलाई घाटा हुने बताए ।
उनले छानबिन समिति गठन गर्ने किसिमको गम्भीर गल्ती बजेटका सन्दर्भमा नभएको र सरकारले कुनै समाचारपत्रलाई सूचना नदिएको स्पष्ट गरे । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.