काठमाडौं, १५ जेठ । इन्टरनेटको दुनियाँमा आफ्नो अस्तित्व अग्रस्थानमा राख्न सफल गुगलले नेपालीहरूको मन फेरि एक पटक छुने प्रयास गरेको छ ।
धेरै नेपालीहरूलाई आज गणतन्त्र दिवस हो कि होइन भनेर थाहा नहुन सक्छ । तर, गुगलले नेपालमा गणतन्त्र दिवस भएको अवसरमा राष्ट्रिय चरो डाँफेलाई राखेर गुगलका अक्षरहरूलाई विशेष प्रकारको बनाएको छ ।
गुगल क्रोमा खोल्नेवित्तिकै नेपालको राष्ट्रिय चरो डाँफे बीचमा देखिन्छ । गुगलका अक्षरहरू पनि विशेष प्रकारका बनाइएका छन् ।
गुगलले विशेष महोत्सव, चाढपर्व र विशेष दिनका अबसर पारेर विश्वभरिका देशमा आफ्नो प्रस्तुति दिने गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...