उदयपुर, ५ जेठ । उदयपुरमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मैनामैनी–९ बस्ने ५१ वर्षीय चंखे भन्ने रामबहादुर राईको उनकै पत्नीले कोदालो प्रहार गर्दा मंगलबार मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरेका राईले ५७ वर्षीया पत्नी जनकुमारी राईलाई कुटपिट गर्ने क्रममा पत्नीले कोदालोले टाउकोमा प्रहार गर्दा रामबहादुरको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
जनकुमारीलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी बागलुङ्गको बुर्तिबाङ–३ बस्ने २१ वर्षीया चमेली घर्तीले सामान्य बिबादमा मंगलबार खुकुरी प्रहार गर्दा बुर्तिवाङ–३ अर्नाकोट बस्ने ५१ वर्षीय टिकासरा खड्का घाइते भएका छन् ।
खुकुरी प्रहार गर्ने घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...