-->
यी हुन् नेपाली सेनामा जागिर खाएर अर्बपति र करोडपति बनेका कर्णेल-जर्नेल

काठमाडौं, २० वैशाख । फलामे अनुशासनमा बाँधिएको भनिएको नेपाली सेनाको संगठनभित्र हुने आर्थिक अनियमितता र भ्रष्टाचार हेर्ने हो भने यो संस्था फलामे अनुशासन हैन कि जंगलमा छोडिएको घोडा जस्तो निरंकुश रहेको स्पष्ट भएको हुन्छ ।
नेपाली सेनाभित्रको निर्माण,खरिद र अन्य आर्थिक कारोबारमा सरोकारवाला निकायले बारम्बार प्रश्न उठाउने गरेतापनि सुधार भएको पाइदैन । रक्षा मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र,अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले नेपाली सेनाभित्र हुने र भएका अनियमित आर्थिक गतिविधिका वारेमा निगरानी र नियमन गर्ने अधिकार नभएकाले नेपाली सेनाका कर्णेल, जर्नेल तहका अधिकृतहरु निरंकुश बन्दै गएका छन् ।
नेपाली सेनामा जागिर खाएर २५–३० बर्षमा अर्वपति करोडपति बनेका कर्णेल, जर्नेल र रथिवृन्दहरुलाई जति अकुत सम्पति कमाए पनि कानूनको बाह्रहातको टाँगोले पनि नछुने भएपछि करोडौं करोडको भ्रष्टाचार हुनु स्वभाविक हो ।
२०७२ बैशाख १२ गते र २९ गतेको महाभूकम्पले पीडित नेपाली सेना पनि त्यहाको सम्वन्धित बिभागका जर्नेलहरुका लागि करोडौं कमाउने अवसरमा परिणत भएको कुरा गत चैत २९ गते सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदन २०७१–७२ ले पुष्टि गरेको छ ।
उपरथी योगेन्द्र खाँडको नेतृत्वमा रहेको नेपाली सेनाको विकास निर्माण महानिर्देशनालय र जर्नेल कमान सिंह प्रधानको नेतृत्वमा रहेको स्थपति निर्देशनालयले गरेको आर्थिक अनियमितताको एउटा सत्यतथ्य सार्वजनिक भएको छ । साँघु साप्ताहिकमा समाचार छ ।
dainiknepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.