बाजुरा, २८ वैशाख । बाजुरा जिल्ला जयबागेश्वरी गाबिसमा एक १३ बर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
२४ गते साँझ दाउरा ल्याउन जगंल गएको अबस्थामा जयबागेश्वरी बस्ने अन्दाजी ५० बर्षीय नरपति चदाराले बालिकालाई जबरजस्ती करणी गरेको बालिका आफन्तले बताएका छन् । बालिकोको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा स्वास्थ्य परीक्षण गरेको बताइएको छ ।
पीडितले बालिकाको जबरस्ती करणीको जिल्ला प्रहरी कार्यालय बाजुरामा दिएको जाहेरीका आधारमा पीडकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसनधान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बाजुराका सई कृष्ण खड्काले जानकारी दिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...