काठमाडौं, २७ वैशाख । पहिलोपटक विदेश जान लागेका कामदारको पासपोर्टमा रि–ईन्ट्रीको भिसा फेला परेपछि प्रहरीले वैदेशिक रोजगार विभागमा छापा मारेको छ ।
सोमबार महानगरीय प्रहरी अपराध महाशाखाले दोस्रोपटक वैदेशिक रोजगारीमा जाने कामदारको पासपोर्टमा हानिने रि–ईन्ट्री स्टीकरण पहिलोपटक जान लागेका दुईजनाको पासपोर्टमा फेला परेपछि विभागमा छापा हानेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार प्रहरी टोलीले विभागका महत्वपूर्ण कागजातहरु नियन्त्रण लिएको छ भने रि–ईन्ट्री भिसा भएका दुबै कामदारलाई पासपोर्टसहित एयरपोर्टबाटै पक्रेको छ ।
यसैबीच कामदारको पासपोर्टमा रि–ईन्ट्री भिसा फेला परेपछि प्रहरीले गौशालामा रहेको म्यानपावर कम्पनी इन्टरनेशनल ट्रेड लिंकमा पनि छापा हानेको छ । यसका साथै गौशालामै रहेको हिमालय रेड पाण्डा ट्राभल एण्ड टुर, एयरपोर्टमा रहेको किंगस् अकवर टुर एण्ड ट्राभल र सिटी टुर एण्ड ट्राभलमा समेत छापा मारेको छ । म्यानपावरमा छापा मारेर प्रहरीले दुई जना सञ्चालक फणिन्द्र तामाङ र अमृत ढकाललाई पनि पक्रेको छ ।
म्यानपावरले ट्राभल एजेन्सीसँग मिलेमतो गरी नक्कली टिकेटिङको काम गरेको आशंकामा प्रहरीले म्यानपावर र ट्राभल एजेन्सीमा पनि छापा हानेको हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...