जेठ ०१
एजेन्सी । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भारतीय सिमानामा चीनले आफ्नो सैन्य दस्ता राखेको खुलासा गरेको छ ।
पूर्वी एशियाका उप रक्षामन्त्री अब्राहम एम डेनमार्क ले भारतीय सिमा नजिकका इलाकाहरुमा आफुहरुले चिनियाँ जनमुक्ति सेनाले आफ्नो संगठन, क्षमता र मुद्रा बढाउँदै लगेको जनाएका छन्।
अमेरिकाको वाशिंगटनमा आयोजना भएको सम्मेलन ‘चीनीयाँ जनवादी गणराज्यको सेना र सुरक्षा घटनाक्रम’मा पेन्टागनको तर्फबाट 2016 को वार्षिक रिपोर्ट पेश गरिसकेपछि एउटा सम्मेलन आयोजना गरिएको थियो ।
जवकी डेनमार्कले स्पष्ट गरेका छन् कि यो तय गर्नु मुस्किल छ वास्तविक रुपमा भएको चै के हो ।
तर उनले तिब्बतमा सैन्य कमाण्डको स्तर बढाउने चीनको कदम बारेको एक प्रश्नको जवाफमा भने, यो भन्न मुस्किल छ कि यसमा आन्तरिक र बाह्य स्थिरताले कत्तिको प्रभाव पारेको छ ।
डेनमार्कले अमेरिकी रक्षामन्त्री एश्टन कार्टरको हालको भारत यात्रालाई धेरै सकारात्मक एवं उत्पादक बताउँदै भनेका छन्, हामी भारत संग आफ्नो द्विपक्षीय सम्बन्ध प्रगाढ़ बढाउन पहल गरिरहनेछौ, चीनको सन्दर्भमा होईन,तर यसकारण कि भारत आफैमा एक सक्षम राष्ट्र देश हो ।र हामी त्यसको महत्वको लागि भारतसंग आफै वार्ता गर्न गईरहेका छौ ।
अमेरिकी रक्षा मंत्रालयले दुनियाको विभिन्न हिस्सामा, खासमा पाकिस्तानमा अड्डा स्थापित गर्न पनि चीन अत्याधिक लालायित भएको प्रति पनि सचेत रहेको जनाएको छ। पाकिस्तानसंग चीन लामो समय देखि सुमधुर सम्बन्ध बनाउँदै समान सामरिक हितमा रहेको छ ।
पेन्टागनले आफ्नो रिपोर्टमा भारतीय सीमाको नजिक चीनीयाँ सैन्य निर्माण भैरहेको चिन्ता व्यक्त समेत गरेको छ । उसले भनेको छ, चीन-भारत सीमाको विवादित भागमा तनाव बढिरहेको छ,जहाँ दुवै पक्ष सैन्य बल सहित गस्ती गरिरहेका छन्।
रिपोर्टमा भनिएको छ कि , उत्तरी लद्दाखको बुत्र्सेमा 2015 को सेप्टेम्बरमा पांच दिनको सैन्य विवाद पछी भारत र चीनले उच्च स्तरको अफिसरहरुको बैठकको आयोजना गरेको थियो
बैठक मार्फत दुवै पक्षले दुई देश विच सुमधुर सम्बन्ध बनाउँदै शान्तिपूर्ण तरिकाले विवादित विषयको हल गर्ने उपायमा सहमति जनाएका थिए ।
पेन्टागनले भनेको छ कि दुई देश विच राजनीतिक र आर्थिक सम्बन्धका साथै अरूणाचल प्रदेश (जसको बारेमा चीन तिब्बत को र यसै कारण आफ्नो भूभाग भएको दावी गरिरहेको छ ) र तिब्बती पैठारीको पश्चिमी क्षेत्रमा अक्साइ चिन इलाकाको मुद्दामा 4,057 किलोमीटर लामो सिमामा भारत संग चीनको तनाव बढीरहेको छ ।- नेपाल सन्देश बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...