-->
यसरी चिर निन्द्रामा छिन् मनिषा, दाजु विमल र आमाको रुवाबासी (हेर्नुस् फोटोमा)

काठमाडौं, १४ जेठ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर बहिनी मनिषा घर्तीको शव हेर्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।
खुट्टाको उपचार गर्न बेल्जियम पुगेका विमल बहिनीको मृत्युको खबरपछि आज विहान काठमाडौं आइपुगेका थिए । उनी विमानस्थलबाट सिधै शिक्षण अस्पताल पुगे ।
सानै बुवा गुमाएका विमल आफ्नी एक मात्र बहिनीको वियोगमा मर्माहत र भावुक देखिए । र बहिनीको शव देख्दा आफूलाई सम्हाल्न नसकेर आँसु नै खसाले । सँगै रहेकी उनकी आमा धरधरी रोइरहेकी छिन् ।
उनकी बहिनी मनिषा चिर निन्द्रामा छिन् । हस्पिटलको शव बोक्ने वेडमा उनी कहिल्यै नब्युझिने गरी निन्द्रामा छिन् ।
उनको पोस्टमार्टम आज दिउँसो गर्ने टिचिङ हस्पिटलका डाक्टरहरुको तयारी छ । १७ वर्षीया मनिषा बुधबार राति नवलपरासी स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.