८ जेठ
हामीले किताबका पन्नामा सुनेका रोमियो जुलियट,हिर राञ्जा र लैजा मज्नुका प्रेमकथालाई यतिखेर भारतका एक जोडीेले सत्य तुल्याइदिएका छन् । सँगै बाँच्ने सँगै मर्ने कसम खाएका यी जोडीले सँगै बाँच्ने त मौका पाएनन तर पनि मरेर भएपनि एक अर्काबिच खाएको कसम पुरा गरेका छन् । यस घटनाबाट उनीहरुले पुरा भारतभरी नै साँचो प्रेमको उदाहरण बनेर देखाएका छन । हजारौ बर्षदेखि साँचो प्रेम गर्नेले थुप्रै तपस्या र बलिदान दिनु परेका घटना इतिहास साच्छी छन् । भारतमा भर्खरै एउटा दर्दनाक घटना सबैको प्रत्यक्ष आखा अगाडी घटेको छ, जुन भविश्यमा एकदिन इतिहास बनेर बस्नेछ ।
भारतमा एकजना मुश्लिम केटाले हिन्दु केटी मन पराउदछन् । तर परिवार र समाजले उनीहरुको साँचो प्रेमलाई स्विकार नगर्दै केटीको बिहे अन्यत्र तय गर्छन । यसै शिलशिलामा केटाले आत्महत्या गरे मृत्युवरण गर्दछ । केटाको सब गाडेको स्थानमा गएर बिष पिएर मर्न तयार गरेकी उसकी प्रेमीकालाई भने बेहोसी अवस्थामा भेटेर अस्पतालमा उपचारका लागि लगिन्छ । शरिरमा बिष फैलिइसकेता पनि तुरुन्त उपचारमा लगेकाले उनको बाच्ने सम्भावना रहेको छ ।
यी दुइको भेटघाट तीन बर्ष अघि भएको थियो । यूपीको मुजफ्फरपुरका २५ बर्षीय दानिश र बर्षा पहिलो भेटबाटै एक अर्काप्रति आकर्षित भएका थिए । उनीहरु एक अर्कालाई मन पराउदै गए,नजिक हुँदै गए,कहिल्यै छुट्नि नसक्ने भए । तर, उनीहरुले यो कुराको ख्याल गरेनन की उनीहरु भिन्न धार्मिक सम्प्रदायका थिए । त्यसमा पनि एक अर्काका कट्टर विरोधी । उनीहरुले त यो सम्वन्धलाई सजिलै स्विकार गरे तर उनीहरुको परिवारले स्विकार्ने सम्भावना पटक्कै थिएन् ।
यसैबिच उनीहरुबिचको सम्वन्ध थाहा पाएर बर्र्षाका परिवारले बर्षाको बिहे अन्यत्र तय गरिदिएका थिए । यो खवर सुन्ने बितिक्कै दानिशले हरेश खाएर बिष सेवन गरे र उनी बर्षासँगबाट सधैका निम्ति बिदा भए । आफ्नी प्रिय बर्षालाई आफ्नो बनाउन नपाएको झोकमा यसकारण दानिशले आफ्नो प्राण त्याग गर्छन कि, उनी बर्षा बिना बाच्न नसक्ने अवस्थामा थिए । मर्नुअघि उनले बर्षालाई फोन गरेर आफु उनी बिना बाच्न नसक्ने र उनी बिना बाच्नु भन्दा मर्न तयार रहेको बताएका थिए । नभन्दै त्यसको केही समयमै उनी यस सन्सारबाट बिदा भए । वास्तवमा साँचो प्रेमको यो भन्दा दरिलो प्रमाण अरु केही हुन सक्ला र ?
दानिशले आत्महत्या गरेको राती नै दानिशका घर परिबारले उसको मृत शरिरलाई पुरकाजी भन्ने स्थानको चिहानमा लगेर गाडिदिन्छन् । बर्षा भने दानिशको लासलाई घरबाट निकालेदेखि नै रुदै रुदै चिच्याउदै पागल झै लासको पछि लागिरहन्छीन् । जव दानिशको घर परिवारले उसको लास गाडेर हिड्छन । उनी रातभरी लास गाडेको स्थल खोतल्न खोज्दै छट्पटिन्छिन, रातभरी रुन्छिन् । त्यसको भोलीपल्टै उनी दानिशको लास गाडेको स्थानमाथि बेहोसी हालतमा भेटिन्छीन । नजिकै उनले सेवन गरेको बिषको शिशि पनि भेटिन्छ् ।
यसपछि कसैले पुलिसलाई घटनाको बारेमा सूचना दिन्छ र पुलीसले नै बर्षालाई लिएर अस्पताल पुर्याउछ । मायामा खाएका आफन बाचा बन्धन पुरा गर्ने क्रममा आफ्नो मृत प्रेमीको लास गाडेको चिहानमाथि आफ्नो जिवनको अन्त्य गर्न चाहन्थिन बर्षा । तर समयमै घरपरिवारले पत्ता लागेर उनी बचेकी छिन् । बास्तवमा यो समाजमा बर्षा र दानिश त एउटा उदाहरणीय पात्र मात्र हुन । त्यहाँ यस्ता थुपै्र पात्र छन जसले साँचो मायाको लागि आफ्नो जिवनको बलिदान दिएका छन् । तर पनि समाज भने साँचो मायालाई बुझ्न नसकेर निर्दोष युवायुवतीलाई मृत्युको मुखमा पुर्याइरहेको छ । यततर्फ समाजका जिम्मेवार बर्गले बेलैमा सोच्ने पो हो कि ?
अनलाइन साझा खबरबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...