-->
प्रचण्डको माओवादीलाई आइलाग्यो संकट ! एकाएक पेरिसडाँडाँ खाली गराइयो

काठमाडौं, ९ जेठ । विभाजित १० माओवादीहरु एक भएर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको नेकपा माओवादी केन्द्र पार्टीमाथि अर्काे संकट आइलागेको छ ।
एकीकरणपछि ६९९ केन्द्रीय सदस्य बनाएको माओवादी केन्द्रका लागि पार्टी कार्यालयको समस्या आइलागेको हो । जसका कारण आइतबार केन्द्रीय कमिटीको जिम्मेवारी बाडँफाँड गर्न बोलाइएको आन्तरिक बैठक एकाएक पेरिसडाँडाँबाट सारेर पार्टी प्यालेसमा राख्नुपरेको छ ।
पेरिसडाँडाँको पार्टी कार्यालयमा केन्द्रीय सदस्यहरु नै नअटाएपछि बैठक प्यालेस सार्नुपर्ने बाध्यता प्रचण्डमाथि आइलागेको हो ।
माओवादी केन्द्रको अहिलेको पार्टी कार्यालय पेरिसडाँडाँ भने प्रयोग विहिन जस्तै बन्न पुगेको छ । पेरिडाँडाँ कार्यालयका एक सचिवका अनुसार सानो कमिटी हुँदा पार्टी कार्यालयमा नै बैठक बस्न सजिलो भएपनि नवगठित माओवादीको जम्बो कमिटी नअटाएपछि बैठक पार्टी प्यालेतिर सारिएको हो ।
ती सचिवका अनुसार अब पेरिसडाँडाँको केन्द्रीय कार्यालयको क्षेत्र बढाउनुपर्ने अथवा कार्यालय नै अन्यत्र स्थानमा सार्नुपर्ने आवश्यकता देखिएको छ ।
पार्टीको बैठकले आज संगठनमा जिम्मेवारी बाँडफाँड गर्दैछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.