-->
सडकमा बाइक रोक्नेले मिठाई दिए, ट्राफिकले कारबाही होइन, सलाम गरेपछि ..

काठमाडौं” शुक्रबार बिहान ११ बजेर १५ मिनेटको समय । स्थान बानेश्वरस्थित एभरेष्ट बैंकको पारिपट्टी ।
सशस्त्र प्रहरीका एसपी मोटरसाइकलमा आए । सडक छेउमा मोटरसाइकल पार्किङ गरे । एसपी पोशाकमै थिए । बाइक पार्किङ गरेको नजिकै एउटा मिठाई पसलमा पसे । सायद आमाको मुख हेर्ने दिन उनी आमाका लागि मिठाई किन्दै थिए । करिब १५ मिनेटजति मिठाई पसलमा बिताएर एसपी साब बाहिरिए ।
हातमा मिठाइको झोला थियो । पछिपछि अंकरक्षक । पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल रोकेकामा क्रुद्ध ट्राफिक प्रहरीका नायब निरीक्षक (सई) मोटरसाइकल पार्किङ गर्ने व्यक्तिको ब्ग्रतापूर्वक प्रतीक्षा गरिरहेका थिए ।
चिट काटौंला भन्ने ध्याउन्नमा सडकमा यताउति गर्दै थिए । कहिले मोटरसइकल यताउति धकेल्न खोजेजस्तो गर्थे । कहिले मोटरसाइकल धनी खोजेजस्तो । जब मोटरसाइकल धनी एसपी साब आए ।
हत्तपत्त सईसाबले तन्किएर सलाम ठोके । एसपीसाबले झोलाबाट एक पिस मिठाई झिकेर सई साबको हातमा राखिदिए । सई साबले भने, ‘हजुरको मोटरसाइकल रहेछ, मत अरु कसैको होला भनेर कारबाही गर्न ठीक परेर बसेको ।’
एसपी साब हाँसे र सडक पार गरेर बाटो लागे । सई साब यत्तिकै रोकिएनन् । सडक पारी गए । एभरेष्ट बैंक अगाडि रोकिएका निजी गाडी र ट्याक्सीका चालकसँग लाइसेन्स र ब्लुबुक मागेर कारबाही गरे । देख्नेहरु भन्दै थिए, ‘सानालाई ऐन, ठूलालाई चैन भनेको यही हो ।’काठमाण्डुटुडे बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.